विरामी बोकेर गएको एयर डाइनेस्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना



काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । पाँचजना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल को छ । घाइतेको गोडा भाँचिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । केपिलासगढी गाउँपालिका–२ बालाबेसीमा ल्यान्ड गर्नेक्रममा दुर्घटना हुँदा एकजनाको गोडा भाँचिएको छ ।
पारिवारिक परियोजनका लागि चार्टर्ड गरेर ल्याइएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताए।