काठमाडौँ – फिल्म “राम नाम सत्य”मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेका बेला निर्माण टिमले अर्को रोमान्टिक गीत दर्शकमाझ ल्याएको हो।
ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने संगीत पनि योगीकै हो। शब्द मौसम अर्याल ले लेखेका हुन्।
गीतको भिडियोमा नायक विराज भट्ट र नव–नायिका खुशी कार्की ले रोमान्टिक नृत्य प्रस्तुत गरेका छन्। कोरियोग्राफी सियोन श्रेष्ठ ले गरेका हुन्, जबकि गीतको छायांकन दैलेखका रमणीय स्थानमा गरिएको छ।
माइकल चन्द को कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्म प्रेमकथा, सस्पेन्स र एक्सन मिश्रित पारिवारिक कथामा आधारित छ। टिजर र गीतहरूको सकारात्मक प्रतिक्रिया पाएसँगै फिल्मप्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।













प्रतिक्रिया