काठमाडौं । कांग्रेसबाट अलग्गिने निर्णय गर्ने नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको मागसहित पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको छ । केन्द्रीय कार्यसमिति बैठक जारी रहेकै बेला नेविसंघका नेता कार्यकर्ताले आइतबार सानेपा पुगेर शेर्पालाई कारबाहीको माग गरेका हुन् ।
ज्ञापनपत्रमा नेविसंघ सिनेटको निर्णय नमान्ने चेतावनी दिइएको छ । नेविसंघ कांग्रेसको भ्रातृसंस्था हो । कांग्रेस २००३ सालमै स्थापना भएको हो । नेविसंघ भने २०२५ सालमा स्थापना भएको हो । कांग्रेसमा देखिएको किचलोलाई थप मलजल गर्न नेविसंघका अध्यक्ष शेर्पाले शुक्रबार सिनेटको बैठकको निर्णय भन्दै कांग्रेस पार्टीबाट अलग्गिने निर्णय गरेका थिए । जसलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शेर्पालाई शेरबहादुर देउवा कांग्रेस सभापति हुँदा नेविसंघको तदर्थ समिति अध्यक्षको जिम्मा दिइएको थियो ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले शेर्पाको निर्णय पार्टी हितविपरीत भएको प्रतिक्रिया दिइसकेका छन् । उनले यस्तो निर्णयलाई अजराजकसमेत भनेका छन् । हाल सम्पन्न निर्वाचनमा सभापति गगन थापा र पार्टीलाई नै अन्तर्घात गरेर हराएपछि देउवा समूहले विवाद निकाल्न नेविसंघ प्रयोग गरेको धेरैको बुझाइ छ ।













प्रतिक्रिया