काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । आइतबार दिउँसो गृह मन्त्रालय पुगेर सिग्देलले अर्याललाई भेटेका हुन् ।
कामचलाउ सरकारका गृहमन्त्री अर्यालसंग सेनापतिको आकस्मिक भेटवारे विस्तृत विवरण खुलाइएको छैन । सेनाको तालुकवाला मन्त्रालय रक्षा हो । तर गृहमन्त्रीलाई सेनापतिले भेट्नुलाई सामान्य मानिएको छैन ।
स्रोतका अनुसार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले फागुन २३ गते बुझाएको भदौ २३ र २४ को घटनासम्वन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने या नगर्ने भन्नेवारे छलफल भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की सार्वजनिक गर्ने पक्षमा भए पनि गृहमन्त्री अर्यालले भने पहिले अध्ययन गरिनुपर्ने धारणा राख्दै आएको बताइन्छ । सोही कारण सरकारले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । सेनापति सिग्देललाई भदौ २३ र २४ को जेनजी आन्दोलनमा लापरबाही गरेको, जिउज्यान र राज्यको सम्पत्ति नोक्सान हुँदा सुरक्षा दिन नसकेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले कारबाही गर्न सिफारिस गरेको छ । कार्की आयोगले भने सेनाका माथिल्ला अधिकृतलाई चोख्याएर तल्लो तहका केहीलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो ।













प्रतिक्रिया