प्रधानमन्त्रीको शपथ लिएपछि २ बजे सिंहदरबार छिर्नेछन् बालेन


काठमाडौं । शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । बालेन निकट स्रोतले प्रधानमन्त्रीले लिने शपथको समय बाहिर ल्याएको हो । जसअनुसार चैत १३ गते शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा शुभसाइत निस्किएको छ ।

बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बताइएको छ ।

१२ः३४ मा शपथग्रहण गरेपछि प्रधानमन्त्रीले २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् । शपथग्रहणका क्रममा १०८ जना बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको छ । १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ । सात जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।