बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शुक्रबार बिहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीमा बालेनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम एकल बहुमतप्राप्त दलको प्रधानमन्त्री बन्ने बालेन पहिलो नेता हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।