सुधन गुरुङ गृहमन्त्री हुने भएपछि डिपी अर्याल सभामुख


काठमाडौं । बालेन्द्र साह बालेनको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा मन्त्रीहरूको नाम करिब करिब फाइनल भइसकेको छ । राष्ट्रपतिले नियुक्त गरेपछि मात्रै ओपचारिक टुंगो लाग्ने छ । १५ सदस्यीय मन्त्रिपरिषद्कम गृह मन्त्रालयको नेतृत्व सुधन गुरुङलाई दिइएको छ ।

लामो रसाकस्सीपछि सुधनको नाम फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङले सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए ।

तर, सुधनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भएका ह्न् । यसअघि गृहमन्त्रीमा चर्चामा रहेका डिपी अर्याल भने अब प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । सभामुख बनेपछि अर्यालले रास्वपाको साधारण सदस्यतासमेत त्याग्नुपर्ने हुन्छ । बालेन र स्वर्णिम वाग्लेले अर्याललाई सभामुख बनाउन चाहेको यसअघि नै अनलाइनटिभीनेपालले समाचार ब्रेक गरेको थियो । सभामुख बनेपछि अर्यालले पार्टीको काममा हस्तक्षेप गर्न पाउने छैनन् ।