भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई दिए बधाई


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गरेका छन्। मोदीले शुक्रबार दिउँसो सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्।

‘नेपालको प्रधानमन्त्रीको शपथ खानुभएकामा बालेन्द्र शाहलाई न्यायो बधाई। तपाईको नियुक्तिले तपाई नेतृत्वप्रति नेपाली जनताले व्यक्त गरेको विश्वासलाई प्रतिविम्वित गरेको छ,’ उनले लेखेका छन् ।

मोदीले बालेनसँग नेपाल भारत सम्बन्ध र सहयोगलाई अझ बढी उचाइमा पुर्‍याउन निकटतासाथ काम गर्ने अपेक्षा पनि राखेका छन्। निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ बहुमत हासिल गरेपछि मोदीले सभापति रवि लामिछाने र बालेनलाई फोन गरेर बधाई दिएका थिए । दुई सातामै मोदीले बालेनलाई दोस्रोपटक बधाई दिएका छन् ।