मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक


काठमाडौँ – मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएका छन् । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेकाे हाे। सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।

यी हुन् सरकारले गरेका ४ निर्णय

१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने