काठमाडौ । कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले खड्कालाई आइतबार बिहान पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
नेपाल प्रहरीले ओली सरकारमा ऊर्जामन्त्री रहेका खड्कालाई लैनचौरस्थित नेपाल स्काउटको जग्गा लिज आर्थिक हिनामिना प्रकरणमा निजमाथि छानबिन चलिरहेको थियो ।
जेनजी आन्दोलन क्रममा बूढानीलकण्ठस्थित उनको समेत निजी निवास आगजनी गरी नोट फेला परेको भन्दै हावामा उडाएर केही भिडियो ट्रोल गराइएको थियो । संखुवासभाबाट ०७९ मा निर्वाचित उनी तत्कालीन सभापति शेरबहादुर देउवा निकट थिए ।












प्रतिक्रिया