काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।
लामिछानेको अभियोग संशोधनविरुद्ध परेका रिटमा न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।
अब सर्वोच्च अदालतको पूर्ण इजलास गठन हुनेछ । प्रधानन्यायाधीशले इजलास गठन गरेपछि यो मुद्दाको सुनुवाइ हुने भएको छ ।
रविको मुद्दा गत चैत ९ देखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको छ। दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट परेपछि जिल्ला अदालतहरूमा यससम्बन्धी निर्णय रोकिएका छन्।
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा हटाउने निर्णय गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिइसकेकी छन् । उनी सुशीला कार्की नेतृत्वको सरकारको कानुनी सल्लाहकार थिइन् ।












प्रतिक्रिया