शिव परियार कार्की आयोगको प्रतिवेदनबारे: “सत्य बुझ्न जिज्ञासा राखेको हुँ, भ्रम फैलाएको हैन


काठमाडौं – गायक शिव परियारले जेनजी आन्दोलनको घटनाहरूको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय आयोगको हालैको प्रतिवेदनमा आफ्नो नाम समावेश हुनु अस्वीकार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार जारी गरेको विज्ञप्तिमा परियारले आयोगले उनलाई ‘भ्रामक प्रचार गर्ने व्यक्ति’ को रूपमा उल्लेख गरेकोमा आपत्ति जनाए।

परियारले आयोगको निष्कर्ष वास्तविकतामा आधारित नभएको र आफूमाथि अन्याय भएको दाबी गर्दै भनेका छन् कि उनले त्यसबेला सोचेको कुरा मात्र जिज्ञासाको रूपमा पोस्ट गरेका थिए र पछि गलत भएको थाहा पाएपछि हटाएका थिए। उनले सोही पोस्टको स्क्रिनसट समेत शेयर गर्दै सञ्चारमाध्यमहरूले त्यसलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन्।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको हल्लाको सत्यता बुझ्न आफूले मात्र जिज्ञासा राखेको परियारले बताएका छन्। उनले उदाहरणस्वरूप लेखेका थिए, ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला पर्ने खबर सत्य हो कि?’ र त्यसपछि गलत रहेको पत्ता लाग्दै हटाइएको कुरा उल्लेख गरेका छन्।

https://www.facebook.com/share/p/1YaWHKP1nV