गृहमन्त्री गुरुङ: आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था मिलाउने पहल गर्छु l


काठमाडौं – गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने बताएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै मन्त्री गुरुङले भने, अहिले आईजीपीलाई गृहसचिवले फुली लगाउने चलन रहेको छ भने पहिले अवकाशमा जाने आईजीपीले आउने आईजीपीलाई फुली लगाउने प्रचलन थियो।

त्यस्तै, मन्त्री गुरुङले प्रहरी पोशाक नेपालमै उत्पादन गरिने र स्तरीय बनाइने पनि जानकारी दिएका छन्। उनले प्रहरीमा आफ्ना समस्या राख्न सधैं खुला रहेको र गृहमन्त्री तथा रास्वपा पार्टीबाट कुनै दबाब वा प्रभाव नपर्ने बताए।

गुरुङले संगठनलाई बलियो बनाउन आफू भरपुर लाग्ने र आईजीपीलाई थप शक्तिशाली बनाउने योजना रहेको पनि स्पष्ट पारे।