काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले सोमबार कारण देखाऊ आदेश जारी गरेको हो ।
ओली पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । जसमा सुनुवाइ गर्दै तत्काल रिहा गर्न भने अस्वीकार गरेको छ ।
अदालतको यो आदेशसँगै ओली पनि पाँच दिन हिरासतमै बस्नुपर्ने भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन प्रधानमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर ओलीमाथि प्रश्न उठेको थियो । गौरीबहादुर कार्की जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो । ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि सोही सिफारिस भएको थियो । लेखकलाई पनि सर्वोच्चले छाड्न अस्वीकार गरेको छ ।












प्रतिक्रिया