राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।


काठमाडौं l स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निजी निवास बुढानिलकण्ठमा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। उक्त भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको थियो।

भेटवार्ताका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन्।