काठमाडौं । नेपालको न्यायालयको बाागडोर दोस्रोपटक महिलाको हातमा पुगेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारदेखि अवकाशमा गएपछि सर्वोच्चको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्चको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।
सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो महिला न्यायाधीश हुन् । यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् । कार्की प्रधानन्यायाधीश भएकै बेला सपना सर्वोच्चको न्यायाधीशमा नियुक्त भएकी थिइन् । उनी पहिलो संविधानसभामा एमालेबाट सदस्य मनोनीत बनेकी थिइन् । पूर्णकालीन राजनीति छाडेर उनी न्याय सेवामा प्रवेश गरेकी हुन् ।
सपनाले तत्काललाई भने कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन् । प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायापरिषद्को बैठकले उनीसहित ६ जना न्यायाधीशको नाम सिफारिसस गरिसकेको छ । तर अहिले संवैधानिक परिषद्मा सदस्यहरु रिक्त रहेकाले तत्कालै प्रधानन्यायाधीश नियुक्तिको सम्भावना छैन ।
प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेन व्यवस्था छ । हाल यीमध्ये प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष मात्रै छन् । सभामुख र उपसभामुख आगामी साता चयन हुनेछन् । विपक्षी दलको नेताको समेत टुंगो लागेपछि संवैधानिक परिषदले पूर्णता पाउने छ ।












प्रतिक्रिया