काठमाडौं । साइबर बुलिङमा परेकी जेनजी अमिशा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । एमाले अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’ र बलात्कारको धम्की खेपेकी पराजुलीले बुधबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
आफ्नो भिडियोको दुरुपयोग गर्ने र अमानवीय गालीगलौज गर्नेहरूविरुद्ध उनले कानुनी कारबाहीको माग गरेकी छन् । ओली पक्राउको विरोधमा उत्रिएकी उनको भिडिओ र फोटोलाई ट्रोल बनाउँदै सामाजिक सञ्जालमा तल्लोस्तरका गाली तथा बलात्कारसम्मको धम्की आएको थियो ।
आफूले बोलेको विषयलाई दुरुपयोग गर्ने, एआईबाट फेक भिडिओ बनाएर कमेन्ट बक्स र सामाजिक सञ्जालमा गाली आएको भन्दै उनले प्रमाणसहित दोषीमाथि कारबाहीको माग गरेकी छन् । साइबर ब्युरोमा उजुरी दिएको समाचार मिडियामा आउँदा पनि उनीमाथि गालीगलौज गर्न छाडिएको छैन । यसले नेपालीको मानसिकता कतिसम्म नकारात्मक बनेको रहेछ भन्ने देखाउँछ ।












प्रतिक्रिया