काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।
किरातीले पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छैन । तत्कालीन माओवादीले एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किराती पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।
किरातीसँगै जनार्दन शर्मा पनि प्रलोपामा सामेल भएका थिए । शर्मा हालै सम्पन्न निर्वाचनमा रुकुप पश्चिमबाट पराजित भएका थिए । उनलाई नेकपाका गोपाल शर्माले पराजित गरेका हुन् । प्रलोपाबाट प्रतिनिधिसभामा एकजना पनि सदस्य छैनन् ।
प्रलोपाको संरक्षक डा.बाबुराम भट्टराई छन् । तर पछिल्लो समय बाबुराम रास्वपातिर सफ्ट कर्नर बनेका छन् । धेरैले बाबुरामले कुनै पनि दिन प्रलोपा छाड्ने अनुमान गरेका छन् । यस्तो अवस्थामा सुदन प्रलोपा छाडेर हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने मनस्थितिमा रहेको बताइन्छ । हर्कले केही समयअघि नै सुदन किरातीलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न आफू तयार रहेको बताएका थिए ।












प्रतिक्रिया