विराजको एक्सन र सुशील–दिव्याको रोमान्समा भरिएको ‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक


काठमाडौं – आगामी चैत्र २७ गतेबाट देशभर प्रदर्शन हुन लागिरहेको नेपाली चलचित्र राम नाम सत्यको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नायक बिराज भट्टको दमदार एक्सन र शक्तिशाली संवाद, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको रोमान्टिक दृश्य तथा आयुष सिंह ठकुरीको रहस्यमयी भूमिकाले दर्शकको उत्सुकता बढाएको छ।

चलचित्रमा खुशी कार्कीसहित दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार र अन्य कलाकारहरूको अभिनय रहेको छ। निर्माण माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा भएको छ भने प्राविधिक पक्षमा मानकृष्ण महर्जनको डीओपी, शेर बहादुर लामाको छायाङ्कन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन समावेश छ।

नायक बिराज भट्टले ट्रेलर मार्फत चलचित्रलाई एक्सन, प्रेमकथा, सस्पेन्स र पारिवारिक संवेदनाले भरिपूर्ण पूर्ण प्याकेज भएको दाबी गरेका छन्।