अभिनेता पल शाहले निर्माण गर्न लागेको फिल्म “यानीमाया”मा पल र अञ्जना पुन मगर पहिलो पटक ठूलो पर्दामा सहकार्य गर्न लागेका छन्। यसअघि भने यी दुईले विभिन्न म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन्। उनीहरूले अभिनय गरेको मायालाई पानको पात गीत सर्वाधिक चर्चित बनेको छ।
यसका साथै ‘जान्छौ र लाहुरेको साथैमा’, ‘शतप्रतिशत सही हो’, ‘मैलेभन्दा माया’, ‘बाँध न बाँध मायाले’ लगायतका गीतका भिडियोमा पनि उनीहरूको सहकार्य देखिएको छ।
आगामी जेठ १ गतेबाट छायांकन सुरु हुने यो फिल्म पल शाह फिल्म्स को ब्यानरमा बन्नेछ। फिल्मका निर्माता पल शाहसँगै चन्द्र ज्योति आले रहेका छन्। पल यही फिल्मबाट औपचारिक रूपमा फिल्म निर्माणमा होमिन लागेका हुन्। यसअघि उनले आफ्नै कम्पनीमार्फत केही म्युजिक भिडियो निर्माण गरिसकेका छन् र अब निरन्तर फिल्म बनाउने योजनामा छन्।
यसैबीच, चलचित्र “यानीमाया”को वितरण अधिकार आरआर फिल्म्स लाई दिइएको छ। आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरणको जिम्मा लिएका छन्।
फिल्मको निर्देशन ओम प्रतीक गुरुङ ले गर्नेछन्।












प्रतिक्रिया