ओलीको पालामा नियुक्त ६ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौं । सरकारले ६ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले डा. शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अष्ट्रेलिया) र डा. पूर्णबहादुर नेपाली (श्रीलंका), दक्षिण कोरियाबाट डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कबाट सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाबाट कपिल श्रेष्ठलाई फिर्ता बोलाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई एक महिनाभित्र फर्कन भनिएको छ। परराष्ट्र मन्त्रालयले सोमबार एक पत्र लेखेर एक महिनाभित्र फर्कन निर्देशन दिएको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनीहरूलाई राजनीतिक आधारमा राजदूत नियुक्त गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले यसअघि विभिन्न एक दर्शन देशका राजदूतलाई फिर्ता बोलाएको थियो । तर ६ देशका राजदूतलाई भने चलाइएको थिएन । तर रास्वपाको दुई तिहाइ सरकारले १५ दिनभित्रै राजदूतलाई फिर्ता बोलाएको हो ।