बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


काठमाडौं – बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन्।

उनका अनुसार आजको बैठकबाट राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ। यद्यपि एजेन्डाबारे औपचारिक रूपमा केही खुलाइएको छैन।

सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने प्रचलन छ।