राष्ट्रिय योजना आयोगमा भट्ट र पण्डित डेपुटी गभर्नर


काठमाडौं । सरकारले सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । ६ महिनाअघि मात्रै उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त भएका थिए । त्यसबेला गभर्नरमा भट्टको पनि चर्चा थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । राष्ट्र बैंकको १७ कार्यकारी निर्देशकमध्ये पण्डितलाई वरिष्ठका आधारमा नियुक्त गरिएको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा सरकारले पण्डितलाई नियुक्त गरेको हो ।