काठमाडौं । इरान र अमेरिकाबीच दुई साताका लागि युद्ध विराम भएकै दिन नेपालमा भने सार्वजनिक यातायातको भाडा बढेको छ । मूल्य बढेसँगै अब सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले थप खर्च व्यहोर्नुपर्ने भएको छ। सरकारले सवारी भाडा दर समायोजन गर्ने तयारी अघि बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा वृद्धि गर्न सहमति दिइसकेको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले मंगलबार मात्र भाडा समायोजना गर्न स्वीकृति दिएका थिए । त्यससँगै विभागले नयाँ भाडा दर निर्धारण गर्ने निर्णय आजै गर्न सक्ने बताइएको छ।
सरकारको योजनाअनुसार,यात्रुबाहक सवारीमा १६.७१५ वृद्धि, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवहाक सवारीमा २१.६८५ वृद्धि, तराई क्षेत्रमा सञ्चालन हुने मालवहाक सवारीमा १५.७५५ वृद्धि गरिनेछ । अधिकारीहरूका अनुसार भाडा वृद्धि इन्धनको मूल्यवृद्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहनेछ।
यस निर्णयसँगै दैनिक आवतजावत गर्ने यात्रुहरूमा आर्थिक भार थपिने देखिएको छ भने बजारमा पनि यसको असर पर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १६ प्रतिशतसम्म घटेकै दिन सरकारले यातायात भाडा बढाएको छ । जबकि अब इन्धनको मूल्य पहिलेको भन्दा निकै सस्तो पर्नेछ ।












प्रतिक्रिया