काठमाडौँ – कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसर का एसपी पवनकुमार भट्टराई ले जानकारी दिए ।
बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।
यद्यपि, उनीमाथि औपचारिक उजुरी नपरेपछि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालत ले अनुमति दिएको थियो ।












प्रतिक्रिया