प्रधानमन्त्री बालेनको विरोध गर्ने युट्युबर पक्राउ


काठमाडौं। रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह बालेन नेतृत्वको सरकार निरंकुश बन्दै जान थालेको छ । सरकार बनेको दुई साता नबित्दै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन थालिएको छ ।

युट्युबमा प्रधानमन्त्री बालेनलगायतका नेताहरूलाई गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

ह्याडस नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दश दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले बताए । बालेनसहित अहिलेको सरकारमा रहेका अधिकांश मन्त्री हिजो कांग्रेस, एमाले र माओवादीलाई गाली गरेर स्थापित भएका हुन् । विगतमा आफूले गाली गर्दा सुरवीर ठान्ने नेताहरू अहिले प्रधानमन्त्री र मन्त्री बनेपछि आफ्नो हैसियतमा उत्रिएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ ।