काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री बालेन शाहलगायत मन्न्त्रीहरुको सम्पत्ति विवरणमा स्रोत उल्लेख गरेको नपाइएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत सम्पत्तिको स्रोत देखाउन भनेका हुन् । उनले स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् ।
‘सम्पत्तिको विवरण त आयो, तर अब स्रोत पनि आउनुपर्छ । सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण उल्लेख्य देखिएपछि अहिले सम्पत्ति शुद्धीकरणको अभियान यहीँबाट गर्नुपर्ने आवाज उठेको छ । सरकारमै बसेका मन्त्रीहरूको सुन १० किलोभन्दा बढी देखिएपछि अहिले यसको स्रोत देखाउन र छानबिन गर्नुपर्ने आवाज उठेको हो ।












प्रतिक्रिया