काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणप्रति तिखो व्यंग्य गरेका छन्।
मन्त्रिपरिषद्का सदस्यहरूले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख्य मात्रामा सुन र सम्पत्ति देखिएपछि बाँस्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्। उनले मन्त्रीहरूको सम्पत्तिलाई ‘खेतबारीमा फुलेको तोरी’ सँग तुलना गरेका छन्।
‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कंगाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई ।’
सरकारका अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात रहेको देखिएको छ। प्रधानमन्त्री बालेनसँग १९० तोला सुन रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको हो। मन्त्रीहरूको सम्पत्तिले सुशासनको उपहास गरेको टीकाटिप्पणी भइरहेको छ ।












प्रतिक्रिया