अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष को आर्थिक सर्वेक्षण पेस


काठमाडौं l प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। बैठकमा उहाँले देशको वर्तमान आर्थिक अवस्था, प्रमुख सूचकहरू तथा सरकारी आर्थिक गतिविधिहरू समेटिएको सर्वेक्षण पेस गर्नुभएको हो।

यसै बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण औपचारिक रूपमा प्रस्तुत गरिरहेका छन्।

त्यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि सदनमा टेबुल गरेका थिए।

बैठकमा उक्त विधेयकलाई आगामी छलफलका लागि प्रक्रिया अनुसार अघि बढाइने जनाइएको छ।