देवानगञ्ज घटनाको विरोधमा प्रदर्शन, कोशी कटान क्षेत्र तनावग्रस्त


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन चर्किएपछि कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले मंगलबार पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा कोशी कटान क्षेत्रमा केही पसलमा लुटपाट, तोडफोड तथा आगजनीसमेत भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन घटनास्थल तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन तथा अफवाहमा नलाग्न आग्रह गरेको छ।