लगातार बढ्दै सुनको भाउ, प्रतितोला कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।

शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि पुगेपछि नेपाली बजारमा सुनको भाउले नयाँ उचाइतर्फ निरन्तरता पाएको छ।