काठमाडौं – सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट संस्करणको टाटा टियागो ईभीको बिक्री सुरु गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले दुई भेरियन्टमा नयाँ टियागो ईभी बजारमा ल्याएको हो।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ टियागो ईभी सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नयाँ फेसलिफ्ट टियागो ईभी पनि यसअघि कै मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
फेसलिफ्ट टियागो ईभीमा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको छ। यसमा २४ किलोवाट आवरको लिथियम–आयन ब्याट्री र ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ।
फिचरतर्फ नयाँ टियागो ईभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सन स्टेयरिङ र नयाँ अपहोल्स्ट्री लगायतका सुविधा छन्।
सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रिभर्स क्यामेरा, रियर पार्किङ सेन्सर तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल उपलब्ध छन्।
नेपालमा टाटा ब्रान्डका विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएको अवस्थामा नयाँ फेसलिफ्ट टियागो ईभीले नाइमा मोबिलिटी एक्स्पोमा थप ध्यान तान्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।





















प्रतिक्रिया