काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य बढेको छ। सुनको भाउ प्रतितोला रु. ९ हजार ३०० र चाँदीको रु. २६० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख १३ हजार ४०० र चाँदी रु. ४ हजार ८५५ मा कारोबार भइरहेको छ।
हिजो सुन प्रतितोला रु. ३ लाख ४ हजार १०० र चाँदी रु. ४ हजार ५९५ मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस ४ हजार ५१२ अमेरिकी डलर र चाँदी ६७ डलरमा कारोबार भइरहेको छ।






















प्रतिक्रिया