सुनको मूल्य फेरि बढ्यो, एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँ वृद्धि


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य ३ लाख १३ हजार ४०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।