माकुरी र धतुरेको तीज कोसेली ‘हुस्की फोरिन्छ’ सार्वजनिक


काठमाडौं । चर्चित हास्यकलाकार तथा गायक सीपी पुडासैनी ‘धतुरे बा’ र कलाकार तथा गायिका रश्मी पाण्डेको स्वरमा नयाँ तीज गीत ‘हुस्की फोरिन्छ’ सार्वजनिक भएको छ।

हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले तीजका नाममा देखिने सामाजिक विकृति तथा विसंगतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। मनोरञ्जनसँगै तीज पर्वमा देखिने बदलिँदो प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको म्युजिक भिडियोमा रश्मी पाण्डे, सीपी पुडासैनी, देशभक्त खनाल र राधा पाण्डेको अभिनय रहेको छ।

गीतको शब्द तथा संगीत विक्रम गौतमको रहेको छ भने म्युजिक एरेन्ज बिनय कार्की क्षेत्रीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका हुन्। गीत स्टुडियो २१मा रेकर्ड गरिएको हो।

म्युजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेकी छन् भने कोरियोग्राफी सुरेन्द्र बस्नेतको रहेको छ। भिडियोको छायांकन सुनिल भण्डारी तथा टिमले गरेका हुन्। सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् भने मेकअप विक्रम गौतमले गरेका हुन्।

गीतको निर्माता रश्मी पाण्डे हुन्। ‘हुस्की फोरिन्छ’ म्युजिक भिडियो माकुरी इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो सार्वजनिक भिडियो👇️