आज घट्यो सुनको भाउ, हेर्नुहोस् प्रतितोलाको मूल्य


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।