सरकारले स्थगित गर्‍यो करदाता उपहार कार्यक्रम


काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सरकारले यसपटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ।

चालु आर्थिक वर्षदेखि सुरु गरिएको कार्यक्रममा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर उपहार र दैनिक एक जनालाई लाख रुपैयाँ दिने व्यवस्था गरिएको थियो।

आन्तरिक राजस्व विभागका अनुसार भदौको पहिलो १५ दिनको उपहार कार्यक्रम स्थगित गरिएको हो। अब भदौ महिनाभरका खरिद बिलका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता असोज १ गते छनोट गरिनेछ।