सुनको मूल्यमा एकैदिन ठूलो गिरावट


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।