काठमाडौं – प्रभु बैंकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंक अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल, डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो।
बैंकले विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।



















प्रतिक्रिया