सुनको मूल्य घटेपछि आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार १ सय रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो।