काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले भोटेकोशी बाढी प्रभावितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने बैंकले जनाएको छ।
बाढीबाट बैंकको नुवाकोटस्थित देवीघाट शाखासमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसका बाबजुद बैंकले प्रभावित क्षेत्रमा खाद्यान्नलगायत राहत सामग्रीसमेत वितरण गरेको जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला राहत तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।



















प्रतिक्रिया