काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। तीज नजिकै संगै सुनको भाउ बढेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्यमा भएको पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यको नजिक पुगेको छ।



















प्रतिक्रिया