तीजको दिन घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख १ हजार


काठमाडौं – तीजको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ६ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यससँगै तीजको दिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।