आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३ लाख २ हजार २०० रुपैयाँमा झरेको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम सुन २ लाख ६० हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको छ ।