आज सुनको भाउ कति पुग्यो ? चाँदीको मूल्य यस्तो


काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको हो। चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ।

१० ग्राम चाँदीको मूल्य भने ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।