पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढ्दै गएपछि कालीगण्डकी बस्तीमा पसेको थियो। नदीको बाढीले बस्तीका घरहरूमा क्षति पुर्याउनुका साथै थप घरसमेत जोखिममा परेका छन्।
फर्सेमा करिब ८० घर रहेका छन्। तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ।
बाढीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको बताइएको छ। फर्से बस्ती प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनापछि स्थानीयको अवस्था तथा भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
















प्रतिक्रिया