मकवानपुर । लगातारको वर्षाका कारण कुलेखानी ड्यामको जलाशयमा पानीको सतह बढेर १ हजार ५२६ मिटर पुगेको छ।
पानीको सतह निरन्तर बढिरहेको भन्दै नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले ड्याम आसपासका बासिन्दासहित सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलविद्युत् केन्द्रका अनुसार ड्याममा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चरणको चेतावनीस्वरूप साइरन बजाइने व्यवस्था छ। हाल पानीको सतह साइरन बज्ने तहभन्दा एक मिटर मात्र तल रहेको छ।
जलाशयमा पानीको सतह अझै बढ्न सक्ने भएकाले ड्याम आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
केन्द्रले सम्भावित जोखिमबाट सुरक्षित रहन सम्बन्धित सूचना समयमै अरू व्यक्तिसम्म पुर्याउनसमेत अनुरोध गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

















प्रतिक्रिया