काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।
आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ थियो।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य आइतबार २ लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। शुक्रबार ४ हजार ६२० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ६५५ रुपैयाँ पुगेको हो।
१० ग्राम चाँदीको मूल्य भने ३ हजार ९९० रुपैयाँ ५० पैसा निर्धारण गरिएको महासंघले जनाएको छ।


















प्रतिक्रिया