चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकअन्तर्गत नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
त्यस्तै, पृथ्वी राजमार्गका दुई स्थानमा समेत पहिरो खसेर यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण दुवै सडकखण्डमा सवारीसाधनको आवागमन रोकिएको छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने जोखिम कायमै रहेको भन्दै सडक प्रयोगकर्तालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

















प्रतिक्रिया