लगातार वर्षापछि गगन थापाको अपिल: ‘अहिले सबैभन्दा पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो’


काठमाडौं । देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।

थापाले विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिँदै आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नसमेत सबैलाई आह्वान गरेका छन्।